Skip This
  • २०८१ असोज ३ बिहीबार

प्रधानसेनापति सिग्देलले सम्हाले कार्यभार

kharibot

काठमाडौँ । अशोकराज सिग्देलले प्रधानसेनापतिको कार्यभार सम्हालेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरेसँगै सिग्देलले आजै पद तथा गोपनीयताको शपथ समेत लिएका थिए ।

सैनिक परम्परा अनुसार नवनियुक्त प्रधान सेनापति सिग्देललाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । त्यसै गरी उहाँले सैनिक मञ्च टुँडिखेल र छाउनी स्थित वीर स्मारकमा श्रद्धान्जली अर्पण गर्नुका साथै जङ्गी अड्डामा कार्यालय बहाली गरी प्रधान सेनापतिको कार्यभार सम्हालेका थिए ।

वि.सं. २०२३ माघ १९ गते रुपन्देही जिल्लामा जन्मिएका प्रधानसेनापति सिग्देल २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गरेका थिए । गत श्रावण २५ गतेबाट उनले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै