Skip This
  • २०८१ असोज २ बुधबार

जापानको कुल ग्राहस्थ उत्पादनमा गिरावट

kharibot

टोकियो । जापान सरकारले कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा दोस्रो त्रैमासिकमा अघिल्लो बर्षको सोही अवधिको तुलनामा २. ९ प्रतिशतले गिरावट आएको छ ।

“अप्रिलदेखि जुनसम्मको अवधिमा जापानको अर्थतन्त्र वार्षिक २.९ प्रतिशतको दरले वृद्धि भएको थियो जुन प्रारम्भिक प्रतिवेदनमा गरिएको ३.१ प्रतिशतको प्रक्षेपणभन्दा ०.२ प्रतिशतको कमी हो,” मन्त्रीपरिषद्को कार्यालयले सोमबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

यो कमीका लागि अपेक्षितभन्दा कम निजी खपत र पूँजीगत खर्च जिम्मेवार मानिएको छ। यद्यपि, यो आँकडाले दुई त्रैमासिकमा देखिएको पहिलो वृद्धिलाई सङ्केत गरेको छ । कार उत्पादन क्षेत्रमा सुरक्षासम्बन्धी तथ्याङ्कमा देखिएको गडबडीले पारेको नकारात्मक प्रभावले आर्थिक वृद्धिको लक्ष्यभन्दा नतिजा कम देखिएको हो ।

जापानमा उत्पादित वस्तु र सेवाहरूको कुल मूल्य मुद्रास्फीतिको लागि समायोजित गरिएको र वास्तविक कुल ग्राहस्थ उत्पादनमा अघिल्लो त्रैमासिकको तुलनामा ०.७ प्रतिशतले बढेको छ । यो वृद्धिको प्रारम्भिक प्रक्षेपण ०.८ को तुलनामा मात्र ०।१ प्रतिशतको कमी हो ।

रिपोर्टिङ अवधिमा, पूँजी लगानी ०.८ प्रतिशतले वृद्धि भएको छ, जुन पहिले रिपोर्ट गरिएको ०.९ प्रतिशतको वृद्धिभन्दा कम हो । जापानको अर्थतन्त्रको आधाभन्दा बढी हिस्सा ओगटेको निजी उपभोग १.० प्रतिशतको प्रक्षेपणभन्दा सामान्य कम अर्थात् ०.९ प्रतिशतले बढेको छ ।

भूकम्प र आँधीबेहरीका कारण यातायात प्रणालीमा बारम्बार भएको अवरोधका कारण तेस्रो त्रैमासिकमा कुल गार्हस्थ उत्पादनमा नकारात्मक वृद्धि हुने सम्भावनालाई उद्धृत गर्दै स्थानीय विश्लेषकहरूले आगामी जुलाई–सेप्टेम्बरको त्रैमासिकका लागि बजारको ध्यान कुल गार्हस्थ उत्पादनतिर नै रहने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै