• २०८१ भदौ ३० आइतबार

पार्टीमा ओलीको ब्रिफिङ- प्रचण्डले सरकारबाट बाहिरिनुपरेको पीडा, आक्रोश पोख्दैछन्

kharibot

काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको पोलिटब्युरो बैठकमा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति र टुँडिखेलको घटनामा केन्द्रित भएर ब्रिफिङ गरेका छन् । 

मंगलबार पार्टीको पोलिटव्यूरो बैठकमा ओलीले प्रचण्डले पछिल्लो समय उठाइरहेका विभिन्न विषयमा ब्रिफिङ गरेका थिए ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकपछि भने- 'झण्डै ९ वर्षदेखि सत्तामा सामेल रहेको र एक्कासी सरकारबाट बाहिरिनुपरेको पीडा, आक्रोश छदैछन् । त्यसका सन्दर्भमा उहाँले उठाउनुभएको विषयप्रति हाम्रो पार्टीको पोलिटव्यूरो बैठकमा अध्यक्ष कमरेडले गम्भीर ध्यानाकार्षण गराउनुभएको छ ।'

त्यस्तै, गौरा पर्वको अवसरमा टुँडिखेलमा युवाहरुले गरेको विरोधका बारेमा पनि ओलीले पोलिटव्यूरो बैठकमा ब्रिफिङ गरेका छन् । ओलीले सो घटनालाई ‘अराजक गतिविधि’ को संज्ञा दिएका छन् । गौतमले भने- 'प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री सामेल हुनुभएको डेउडाको कार्यक्रमको अराजक गतिविधिप्रति पनि उहाँले ध्यानाकार्षण गराउनुभयो । समग्र सरकार कसरी अगाडि बढ्दैछ भन्ने विषयमा पनि ध्यानकार्षण गराउनुभयो ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै