• २०८१ असोज १ मंगलबार

सञ्चारमन्त्रीलाई बर्खास्त गर्न काँग्रेस सांसद भण्डारीको माग

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई बर्खास्त गर्न माग गरेका छन् ।

सांसद भण्डारीले सञ्चारमन्त्री गुरुङले प्रहरी संगठनको प्रमुखलाई सार्वजनिक स्थलमा अपशब्द बोलेको भन्दै त्यसको घोर भर्त्सना गर्दै सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गरेका हुन् । 

उनले भनेका छन्- 

पछिल्लो समय नेपालमा घटिरहेको घटनाक्रम र सरकारका गतिविधिबाट मलाई एउटा राजनीतिक कर्मी भएका नाताले अत्यन्त छटपटी लागेको हुँदा मैले यो वक्तव्य निकाल्न पर्ने स्थिति आएको छ। देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनको प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सुचना तथा संचार मन्त्रीबाट  सार्वजनिक स्थलमा अपशब्द व्यक्त भएकोमा मैले त्यसको घोर भर्त्सना गर्दै प्रधानमन्त्रीले संचार मन्त्रीलाई बर्खास्त गर्न आव्हन गर्दछु।

शान्ति सुरक्षामा भविष्यमा कुनै तलमाथि हुन आएमा यसको जिम्मेवार स्वयं सरकार र प्रधानमन्त्री हुने कुरा व्यक्त गर्न चाहन्छु । सरकारमा भएका वा जिम्मेवार व्यक्तिले सत्य तथ्य बङ्गाएर समाजमा वितृष्णा फैलाउने र पार्टी -पार्टी बीच सम्बन्ध नबिगार्न सबैलाई अनुरोध गर्दछु ।'

गत शनिबार पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले प्रहरी समायोजन सम्बन्धी विषयमा सोधिएको प्रश्नमा जवाफ दिँदै ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति विवादमा परेपछि मन्त्री गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दा शब्द चयनमा ध्यान दिन सचेत गराएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै