• २०८१ असोज १ मंगलबार

कोशी प्रदेश सभाको बैठक शुक्रबार बस्दै

kharibot

विराटनगर । कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको १४औँ बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठक बस्न लागेको कोशी प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

गत असार ८ गते १३औँ बैठक बसेपछि अर्को सूचना जारी नभएसम्मका लागि कोशी प्रदेशसभाको बैठक स्थगन भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै