• २०८३ असार १२ शुक्रबार

पल र मलिकाको म्युजिक भिडियो ‘राधा पियारी’ सार्वजनिक

पल र मलिकाको म्युजिक भिडियो ‘राधा पियारी’ सार्वजनिक

काठमाडौं । लक्षरा फिल्म्सको प्रस्तुतिमा तयार भएको प्रेरणादायक म्युजिक भिडियो ‘राधा पियारी’ सार्वजनिक भएको छ। गीत शुक्रबार ओ.एस.आर डिजिटल युटउब च्यानबाट सार्वजनिक गरिएको हो ।

सिने क्षेत्रका दुई चर्चित कलाकारहरू पल शाह र मलिका महतको प्रभावशाली अभिनयले सजिएको यो भिडियो सन्देशमुलक छ । पि.एम जोडीको नामले परिचित यी दुईको यो भिडियो केही विशेष छ। भिडियो केही सस्पेन्स छ तर आकर्षक बनेको छ।

नाम ‘राधा पियारी’ भएपनि गीतको भिडियोले सहकारी पीडितहरुको कथा बोल्छ-जुन अहिलेको समसामयिक विषय पनि हो। गीत डान्सिङ बिटको छ तर भिडियोले मनोरञ्जन संगसंगै पीडितहरुको आवाज उठाएको छ। देशभर छरिएर बसेका तमाम सहकारी पीडितलाई न्याय दिलाउन पहल गर्ने विषय नै ‘राधा पियारी’ को मुल सार हो। समग्रमा भन्नुपर्दा-भिडियोले समाज रुपान्तरणको लागि सकारात्मक सन्देश प्रवाह गरेको छ।

भिडियाेमा पल र मलिका पुलिसको भुमिकामा छन । सहकारीको नाममा सोझा-साझा जनतालाई ठगिरहेको व्यक्तिलाई यी दुईले कसरी सस्पेन्स तरिकाले पक्राउ गर्छन भन्ने कुरालाई भिडियोले रमाईलो तरिकाले प्रस्तुति गरेको छ । बाँकी कथा बुज्न भने भिडियो नै हेर्नुपर्ने छ।

पल र मलिका कुनै समयको दर्शकले रुचाएका जोडी हुन। पछिल्लो समयकी डिमान्डेड गायिका शान्ती श्री परियार र गायक कृष्ण बि.केको सुमधुर आवाज रहेको यो गीतमा कृष्ण बि.के स्वयंले शब्द र संगीत भरेका छन। सार्वजनिक भिडियोमा जि.बि अग्रको निर्देशन रहेको छ । गीत र गीतको भिडियोले दर्शकको मन छुनेमा निर्देशक जि.बि अग्रि र गायक कृष्ण बि.के विश्वस्त छन।

नरेश बिबिसिको मिक्सिङ तथा मास्टरिङ रहेको गीतलाई सन्जय विश्वकर्माले कोरियोग्राफी गरेका छन। भिडियोमा अर्जुन तिवारीको सिनेमाटाेग्राफी र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै