• २०८१ कार्तिक १६ शुक्रबार

भ्रष्टाचारका मुद्धा छानबिनमा पाँच बर्षे हदम्याद आफुहरुलाई मान्य छैन- रवि लामिछाने

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारका मुद्धा छानबिनमा पाँच बर्षे हदम्याद आफुहरुलाई मान्य नहुने स्पष्ट गरेका छन् ।

विहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले भ्रष्टाचार निवारण सम्वन्धी ऐन २०५९ लाई संशोधन विधयेकमा प्रस्ताव गरिएको पाँच बर्षको हदम्याद आफुहरुलाई मान्य नहुने बताएका हुन् ।

लामिछानेले अहिले देशका युवाहरुले आफुलाई लगातार फोन गरेर यस विषयमा दबाब समेत दिएकोप्रति खुशी समेत व्यक्त गर्दै आफ्नो पार्टीलाई भ्रष्टाचारका मुद्धा छानबिनमा पाँच बर्षको हदम्याद मान्य नहुने बताएका हुन् ।

उनले भने- ‘भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य हुनेछैन, नो इफ, नो बट, हाम्रो कुरा क्लियर कट । देशका होनाहार युवाहरु, १८, १९, २० वर्षका युवाहरुले देशको चिन्ता गरेर हामीलाई फोन गरेका छन् । म सदन छिरेर अहिले भर्खरै चेक गरेको धेरै कल आएको छ । ती सबै युवाहरुको एउटै चिन्ता छ, भ्रष्टाचारको मामलामा कुनै हदम्याद हुन हुँदैन भन्ने छ ।'

यो विधेयक अहिले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशभासन समितिमा छलफलको क्रममा रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै