• २०८१ असोज ४ शुक्रबार

रौतहटमा करिब १६ किलो गाँजा बरामद

kharibot

रौतहट । सशस्त्र प्रहरीको टोलीले गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत बालचनपुर स्थित एक घरबाट झन्डै १६ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ ।

सुराकीको आधारमा सशस्त्र प्रहरी बल नम्वर ११ गणबाट डिएसपी भरत विसीको कमाण्ड र इलाका प्रहरी कार्यालय चन्द्रपुको  संयुक्त टोलीले बुधवार साँझ बालचनपुर स्थित गौतम साहको घरमा भाडा लिएर बसेका गौर नगरपालिका ६ सबगढाका कविलासी साहको कोठामा छापा मारेर ३ पोका १५ किलो ९६० ग्राम लागुऔषध गाँजा बरामद गरिएको हो ।

कविलासी साह रोजगारीको शिलशिलामा भारतको पञ्जावमा रहेको उनको श्रीमती ललिता साह बस्दै आएको कोठाबाट उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख  एसपी विक्रम हुमागाईले बताएका छन्।

प्रहरी टोलीलाई हेरेर आरोपी ललिता साह फरार भएको ईलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरका प्रमुख डिएसपि राजकुमार राईले बताएका छन्। बरामद  गाँजा इलाका प्रहरी कार्यालय चन्द्रपुरमा राखिएको तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै