• २०८१ असोज ५ शनिबार

दाङका सय भन्दा बढी कार्यकर्ताले छोडे रास्वपा

kharibot

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङका एक सय बढी युवाले एकै साथ पार्टी परित्याग गरेका छन् ।

रिपोटर्स क्लब दाङमा पत्रकार सम्मेलन गरी उनीहरूले पार्टी परित्यागको घोषणा गरेका हुन ।

रास्वपा दाङ निर्वाचन क्षेत्र नं. २ का सदस्य विजय केसीले पार्टीका सभापति रवि लामिछानेमाथि लागेका विभिन्न आरोप, स्टन्टबाजी लगायत कुराले युवाहरूलाई भ्रममा पार्ने कार्य भइरहेको बताए । उनले पार्टी सभापति लामिछानेबाट देशको विकास र समृद्धि सम्भव नरहेको बताउदै रास्वपा क्यान्सरबाट ग्रसित भएको टिप्पणी गरे ।

पार्टीका तुलसीपुर नगर सभापति मेघराज केसीले चाप्लुसीवाद, नातावाद, धनवादले पार्टीभित्र प्रश्रय पाएको टिप्पणी गर्दै ‘जान्नेलाई छान्ने’ भन्ने रास्वपाको नारा व्यवहारमा लागू नभएको बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै