• २०८१ असोज १२ शनिबार

सत्ताबाट बाहिरिएपछि माओवादीको छटपटी, सडक आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई सर्कुलर

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रले कुनै पनि बेला सडक आन्दोलनमा जानुपर्ने हुनसक्ने भन्दै नेता कार्यकतालाई तयारी अवस्थामा रहन परिपत्र गरेको छ ।

गत स्थायी कमिटी बैठकको जानकारी गराउँदै जारी गरिएको परिपत्रमा प्रतिगमन, राष्ट्रघात र भ्रष्टहरूको संरक्षण गर्ने दिशामा सरकार झनझन अगाडि बढेमा सडक आन्दोलन आवश्यकता पर्ने उल्लेख छ ।

सत्ताबाट बाहिर गएको एक महिनामा नै माओवादी केन्द्रले सडक संघर्षमा जाने रणनीति बनाएपछि यसलाई सत्ता बाहिरको छटपटीको रुपमा विश्लेषण गरिएको छ ।

साथै, माओवादीले परिपत्रमा कांग्रेस–एमालेबीचको ७ बुँदे सहमतिलाई प्रश्चगामी र प्रतिगामी कदमको संज्ञा दिएको छ । माओवादीले प्रतिगमन, राष्ट्रघात, भ्रष्टहरूको संरक्षणको विरोध र जनताका दैनिक समस्यालाई सदनमा सशक्त रुपमा उठाउने परिपत्रमा उल्लेख छ ।

माओवादी केन्द्रले संसदमा खबरदारी गर्दागर्दै सरकार झनझन प्रतिगमनतिर अगाडि बढेमा सडक आन्दोलनबाहेक अर्को विकल्प नहुने ठहर गर्दै कार्यकर्ताहरुलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै