• २०८१ असोज १२ शनिबार

नक्खु खोलाले बगाउदा चार जना बेपत्ता 

kharibot

काठमाडौँ । नक्खु खोलाले बगाउदा चार जना बेपत्ता भएका छन् । शनिबार बिहान सब ९ बजे ललितपुर महानगरपालिका वडा नम्बर १४ नखीपोटका चार जनालाई  खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बाढीमा बेपत्ता भएकामा एक बालकसहित दुई पुरुष र एक महिला रहेका छन् । 

नदीको बीचमा रहेको टहरोमाथि लामो समयसम्म बसेर उद्धारको गुहार लगाएका उनीहरुको समयमा उद्धार नहुदा नदीले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।    

अहिले उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै