• २०८१ असोज १ मंगलबार

सोलुखुम्बु बाढी: हालसम्म एक विद्यालयसहित १४ घर बगायो

kharibot

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्याह्मु गाउँपलिकाको वडा नम्बर ५ स्थित थामे वस्तीमा आएको बाढीले   हालसम्म १ विद्यालय होस्टल, १ क्लिनिक, ५ वटा होटल र ७ वटा घर सहित १४ वटा भवनहरु पूर्ण रुपमा बगाएको छ  ।  

गाउँपालिकाका अनुसार शुक्रबार दिउँसो १:२५ बजे आएको लेदोसहितको बाढीले हालसम्म १ विद्यालय होस्टल, १ क्लिनिक, ५ वटा होटल र ७ वटा घर सहित १४ वटा भवनहरु पूर्ण रुपमा वगेका छन् भने अन्य घरमा समेत बाढी पसी धनमालको व्यापक क्षति पुर्याएको छ । 

गाउँपालिकाले अहिले सो वस्तीमा पुग्न नसकिको उल्लेख गर्दै शनिबार बिहानदेखि उद्वार तथा राहत कार्य हुने जनाएको छ । बाढीबाट अहिलेसम्म कुनै किसिमको मानवीय क्षति भने नभएको बताइएको छ ।

साथै गाउँपालिकाले थप उद्वार, राहत तथा पुनःस्थापनाको लागि संघीय सरकार, प्रदेश सरकार एवं गैर सरकारी संघ संस्थावाट सहयोग र सहकार्यको अपेक्षा गर्दै  विपद्को घडीमा सम्यमताका साथ उद्वार, राहत तथा पुनःस्थापनाको कार्यमा जुट्न अपिल समेत गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै