• २०८१ असोज १ मंगलबार

कर्णालीमा भाद्र ४ गते सार्वजनिक बिदा

kharibot

सुर्खेत । भाद्र ४ गते कर्णाली प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय भएको छ । प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कर्णाली प्रदेशमा सार्वजनिक बिदा हुने जानकारी दिएको छ । उक्त सूचनाअनुसार गत बैशाख १७ गते बसेको कर्णाली सरकार मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको थियो ।

भदौ ४ गते मंगलबार कर्णाली प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरू बन्द रहने छन् । यसैबिच कर्णाली प्रदेश सरकारले तीन दिनसम्म सहिद दिवस बनाउने तालिका समेत सार्वजनिक गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै