• २०८१ असोज ४ शुक्रबार

सभापति देउवासँग अस्ट्रेलियन राजदुतको बिदाई भेट

kharibot

काठमाडौं । नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग विदाई भेटवार्ता गरेकी छिन् ।

नेपालमा आफ्नो कार्यकाल सकाएर स्वदेश फर्किनुअघि राजदूत भोल्कले विभिन्न दलका नेताहरु र सरकारका उच्च पदस्थहरुसँग विदाई भेटवार्ता गरिरहेकी छिन् ।

सोही सिलसिलामा उनले आज कांग्रेस सभापति देउवासँग पनि विदाई भेटवार्ता गरेकी हुन् । सो क्रममा उनले देउवाको प्रधानमन्त्रीत्व कार्यकालको पनि सम्झना गरेकी छिन् । उनले नेपाल–अष्ट्रेलिया सम्बन्ध पछिल्लो समय झनै बलियो बनेको दाबी गरेकी छिन् । दुई देशबीच जनस्तरमा पनि सम्बन्ध सुमधुर भैरहेको उनको भनाई छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै