• २०८१ असोज १ मंगलबार

३७ बर्षिय सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री बन्दै

kharibot

काठमाडौँ । पातोङटर्न सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बन्ने भएकी छन् ।

फेउ थाई पार्टीकी ३७ बर्षिय नेतृ सिनावात्रालाई संसदमा भएको मतदानमा ३१९ सांसदले मतदान गरेका थिए । थाइल्याण्डको तल्लो सदनमा ५०० सदस्य रहेका छन् ।

उनी थाइल्याण्डका पुर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । यद्यपी उनलाई अब राजाले प्रधानमन्त्रीमा नियुक्त गर्न भने बाँकी रहेको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि सिनावात्रा थाइल्याण्डको राजनीतिक इतिहासमै कम उमेरकी प्रधानमन्त्री बन्ने छिन ।

बुधवार फेउ थाई पार्टीका श्रेष्ट थाविसिनलाई अदालतले कानुन उलंघन गरेको भन्दै पदबाट हटाइएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै