• २०८१ असोज १ मंगलबार

केजरीवालले पाएनन् सर्वोच्चबाट राहत

kharibot

काठमाडौँ । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानत दिन अस्वीकार गरेको छ । अब यस मामिलामा अर्को सुनुवाइ २३ अगस्टमा हुने भएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार सर्वोच्च अदालतले यस मामिलामा सीबीआईलाई नोटिस पनि जारी गरेको छ ।

केजरीवालको तर्फबाट उपस्थित वरिष्ठ वकिल अभिषेक मनु सिंघवीलाई न्यायधीश सूर्यकान्त र उज्वल भुयनको संयुक्त इजलासले अन्तरिम जमानत नदिएर नोटिस जारी गर्ने आदेश दिएको हो ।

केजरीवालको जेल सजायलाई कायम राख्ने दिल्ली उच्च अदालतको आदेशलाई चुनौती दिने याचिकाको सन्दर्भमा यो सूचना जारी गरिएको हो ।

सीबीआईले अगस्ट २३ सम्ममा सर्वोच्च अदालतमा जवाफ पेश गर्नुपर्नेछ ।

केजरीवाललाई दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालासँग सम्बन्धित मुद्दामा गत मार्च २१ मा ईडीले पक्राउ गरेको थियो । जेलमा रहँदा उनलाई भ्रष्टाचारको मुद्दामा सीबीआईले पक्राउ पनि गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै