काठमाडौं । पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुलेको छ ।
मंगलबार रातिदेखिको वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका-३ चुम्लिङटारमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चुम्लिङटारमा ढुंगा खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको सडक पहिरो हतायाएपछि सुचारु भएको प्रहरीले जनाएको छ ।