• २०८१ भदौ २३ आइतबार

सौर्य एयर दुर्घटना अपडेट: १८ जनाको शव निकालियो

kharibot

काठमाडौं । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेका १८ जनाको शव निकालिएको छ । 

विमानस्थल कार्यालयका अनुसार पाइलट मनिष रत्न शाक्यको सकुशल उद्धार गरेर अस्पताल लागिएको छ भने विमानमा रहेका बाँकी १८ जनाको मृत्यु भएको छ । विमानमा रहेका यात्रुहरु मध्ये धेरै जसो एयरलाइन्सकै प्राविधिक कर्मचारी रहेको बुझिएको छ ।

काठमाडौँबाट पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर विमान दुर्घटनामा परेको हो । विमानलाई मर्मतका लागि पोखरा लैजान लागिएको बताइएको छ ।

प्रत्यक्षदर्शीले दुर्घटनास्थल नजिक काम गरेका मजदुर समेत दुर्घटनामा परेको हुनसक्ने आशंका गरेका छन् सौर्य एयर

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै