• २०८१ कार्तिक २ शुक्रबार

लुम्बिनी एमालेमा असन्तुष्टि, संसदीय दलको नेताबाट गिरीले दिए राजीनामा

kharibot

बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री बन्नबाट बन्चित गरिएपछि गिरीले राजीनामा दिएका हुन् । गिरीले मुख्यमन्त्री बन्ने तयारी गरिरहेका बेला पार्टी महासचिव शङ्कर पोखरेलले हस्तक्षेप गरेर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाएपछि गिरी असन्तुष्ट रहेका थिए । 

गिरीले संसदीय विधि, पद्धतिभन्दा बाहिर गएर मुख्यमन्त्री नियुक्तिको निर्णय भएको भन्दै पार्टी राजीनामा दिएको बताएका छन् । 

कांग्रेसको सहयोगमा मुख्यमन्त्री बनेका संसदीय दलका उपनेता आचार्यले आजै शपथ लिएर ९ सदस्यीय मन्त्रिमण्डल गठन समेत गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै