• २०८१ भदौ २३ आइतबार

बागमतीमा कांग्रेस-एमालेबीच मिल्यो भागबण्डा, मुख्यमन्त्री बन्दै लामा

kharibot

हेटौँडा । बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज मुख्यमन्त्रीमा दावी पेश गर्दैछन् । 

सहमति अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय पाउने भएका छन् । यस सहमतिपछि आज बिहान ११ बजे लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले बहुमतको सरकार गठनका लागि मङ्गलबारसम्मको समय दिएका थिए । सोही आह्वान अनुसार लामाले एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नेछन् ।

११० सदस्यीय प्रदेशसभामा सरकार निर्माणका लागि ५६ मत आवश्यक पर्छ । प्रदेशमा कांग्रेस र एमालेको सहजै बहुमत पुग्ने अवस्था छ । प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा (एस)का ७ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै