• २०८१ भदौ २३ आइतबार

भानुभक्त मेमोरियलको वार्षिकोत्सव‌को अवसरमा मैत्रीपूर्ण नेटबल खेल सम्पन्न

kharibot

काठमाडौं । भानुभक्त मेमोरियल विद्यालयको ५९औँ वार्षिकोत्सव‌को अवसरमा मैत्रीपूर्ण नेटबल खेल सम्पन्न भएको छ ।

काठमाण्डौ, पानीपोखरी, स्थित भानुभक्त मेमोरियल विद्यालयले आयोजना गरेको उपत्यकाव्यापी नेट बल प्रतियोगीतामा विभिन्न विद्यालयको सहभागीता रहेकोमा आयोजक भानुभक्त मेमोरियल विद्यालय, ज्ञानोद‌य बालबाटीका र मल्पी इन्टरनेशलन स्कुलको सहभागिता रहेको थियो । उक्त खेलमा सहभागी भानुभक्त मेमोरियल विद्यालयले मल्पी इन्टरनेशनल स्कुललाई पराजित गरेको थियो ।

उक्त कार्यक्रम  नेपाल नेटवल सङ्‌घका महासचिव दिपक लामाको प्रमुख आतिथ्यतामा सम्पन्न  भएको थियो । प्रमुख अतिथि लामाले मन्तव्यको क्रममा खेलले मित्रता, सौहार्दता, अनुशासन तथा शारीरिक र मानसिक विकास गराउने कुरा बताएका थिए। कार्यक्रमका सभापतित्व विद्यालयकी प्रधानाध्गापक ईश्वरी ढुङ्‌गानाले गरेकी थिइन ।  कार्यक्रममा सबै प्रतियोगी विद्यार्थीहरुलार्ई मेडल र प्रमाणपत्र समेत वितरण गरी हौसला बढाइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै