• २०८१ असोज ५ शनिबार

मधेस प्रदेशले सिमलताल दुर्घटनामा परेका मृतकका परिवारलाई एक लाखका दरले राहत दिने 

kharibot

धनुषा । मधेस प्रदेश सरकारले गत असार २८ गते सिमलताल क्षेत्रमा पहिरोले बगाएर त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाखका दरले राहत दिने भएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने बताए ।

उनले भने- 'दुर्घटनामा परी ज्यान गुमाउनेका पीडितपरिवारलाई राहत दिने घोषणा गरेका छौँ । मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ ।' मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने बताए ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै