• २०८१ असार २४ सोमबार

बेलायतमा लेबर पार्टीका नेता स्टारमर प्रधानमन्त्रीमा नियुक्त

kharibot

काठमाडौँ । लेबर पार्टीका नेता कियर स्टारमर बेलायतको प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

विहिबार सम्पन्न आम निर्वाचनमा शानदार जित हासिल गरेको लेबर पार्टीका नेता स्टारमरलाई राजा चार्ल्स तृतीयले प्रधानमन्त्रीमा नियुक्त गरेको बिबिसीले जनाएको छ ।

सम्पन्न आम निर्वाचनमा लेबर पार्टीले ६५० मध्य ४१२ सिट जितेको छ । जुन २०१९ को भन्दा २११ सिटले बढी हो । त्यस्तै लज्जास्पद हार बेहोरेको ऋषि सुनक नेतृत्वको कन्जरभेटिभ पार्टीले १२१ सिटमा जित हासिल गरेको छ । जुन २०१९ को भन्दा २५० ले कम हो ।

यस अघि बकिंगघम प्यालेस पुगेर ऋषि सुनकले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले अब पार्टीको नेतृत्व पनि छोड्ने घोषणा गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै