• २०८१ असार २२ शनिबार

विश्वकप विजेता भारतीय टिमको विहिबार मुम्बईमा भिक्ट्री परेड हुने

kharibot

काठमाडौँ । टी-२० विश्वकप विजेता भारतीय टिमलाई मुम्बईमा भव्य स्वागत गरिने भएको छ । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले विश्वकप विजेता भारतीय क्रिकेट टिमलाई विहिबार विजयी र्याली गरिने जानकारी दिएका छन् ।  क्रिकेट टिमलाई मुम्बईको मरिन ड्राइभदेखि वान्खडे स्टेडियमसम्म भिक्ट्री परेड गराइने भएको छ । 

वेस्ट इन्डिजमा जुन २९ मा सम्पन्न टी-२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो । विश्वकप जितेपछि बारबाडोसमा आँधी आएपछि भारतीय टिम स्वदेश फर्किन ढिलाई भएको थियो । आँधीका कारण बारबाडोसका विमानस्थल पुर्णरुपमा बन्द भएको थियो ।

भारतीय मिडियाहरुले भारतीय क्रिकेट बोर्डले विशेष विमान व्यवस्था गरेर अहिले बारबाडोसबाट उडिसकेको र विहिबार बिहानसम्म मुम्बई पुग्ने उल्लेख गरेका छन् । यस अघि भारतीय टिम बारबाडोसदेखि न्युयोर्क-दुबई हुदै भारत आउने तालिका रहेको थियो ।
          

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै