• २०८१ असार २० बिहीबार

राजनीतिक स्थायित्वका लागि कांग्रेससँग सहमति गर्यौं- महासचिव पोखरेल

kharibot

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनेगरी नेपाली कांग्रेससँग समझदारी भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले राजनीतिक स्थायित्वका लागि संबिधान संशोधन गर्ने र ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको बताएका हुन् ।

उनले लेखेका छन्- 'राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानून समेत निर्माण गर्ने गरी केपीशर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बनाउन नेकपा(एमाले) र नेपाली कांग्रेसका बीचमा समझदारी । यस प्रकृयामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरीने ।'
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै