• २०८१ असार १८ मंगलबार

अख्तियारद्वारा भ्रष्टाचार मुद्दामा बयानको प्रतिकूल हुने गरी बकपत्र गर्नेविरुद्ध मुद्दा दायर

kharibot

काठमाडौँ । भ्रष्टाचार मुद्दामा सरकारी साक्षीको रूपमा बयानको प्रतिकूल हुने गरी बकपत्र गर्ने एक जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके डुडुवा गाउँपालिका वडा नम्बर ६ घर भएका मकरध्वज पाण्डेविरुद्ध मुद्दा दर्ता गरेको हो ।

पाण्डेलाई आयोगबाट विशेष अदालत काठमाडौँमा दर्ता भएको मुद्दा नं.०८०-सिआर-०१२६ नेपालगन्ज सव-डिभिजन वन कार्यालय राँझाका तत्कालीन सहायक वन अधिकृत नारायण पार्धेले घुस लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रूपमा पेस गरिएको थियो । तर, उनले आयोगमा गरेको बयानको प्रतिकूल हुने गरी बकपत्र गरेका थिए । 

पाण्डेले विशेष अदालतसमक्ष बकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएको बयान ब्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा सात हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय गरी घुस रिसवत रकम जफत हुन मागदावी लिई आज विशेष अदालतमा आरोप-पत्र दायर गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै