• २०८१ असार १७ सोमबार

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया रद्द

kharibot

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि जारी प्रक्रिया नै रद्द भएको छ । प्राप्त आवेदनमा ५ जना दाबेदार छनोट भए पनि त्यसपछिको प्रक्रिया पूरा नै हुन नसकेपछि प्रक्रिया नै रद्द हुन पुगेको हो।

बोर्डको अध्यक्षका लागि सर्ट लिष्टमा परेका ५ जनामध्ये ३ जनाले अन्तरवार्ता बहिष्कार गरेका थिए । सेबोनमा अध्यक्षका दावेदार श्रेष्ठसहति मुक्ति श्रेष्ठ, नवराज अधिकारी, चिरञ्जिवी चाचपागाईं र कृष्णबहादुर कार्कीको नाम सर्ट लिष्टमा परेको थियो । सन्तोष र मुक्तिबाहेकअन्य तीनजनाले अन्तरवार्ता बहिष्कार गरेपछि नियुक्रि प्रकृया रद्द भएको हो ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले सूचना प्रकाशन गर्दै सबै प्रक्रिया रद्द भएको जनाएको हो। 

अन्तरवार्तामा सहभागी ५ जनामध्ये ३ जनाको नाम सिफारिस गर्ने र तीनमध्ये एकजनालाई मन्त्रिपरिषद्को बैठकले अध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ । तर, ३ जनाले अन्तरवार्ता बहिष्कार गरेपछि प्रकृया के गर्ने भन्नेमा अन्यौलता थियो । त्यसका लागि समितिले राय माग्दै महान्यायाधीवक्ताको कार्यालयमा पत्र पठाएको थियो । महान्यायाधीवक्ताको कार्यालयले अन्तरवार्तामा सहभागी २ जना र नआएका मध्ये एकजनालाई राखेर तीन जनाको नाम पठाउन मिल्नेगरी राय पठाएको थियो ।

महान्यायाधिवक्ताको कार्यालयको पहिलो राय तीन जनालाई सिफारिस गर्नु भन्ने थियो । भने दोस्रो रायमा पक्रृया नै रद्द गर्न पनि सकिने उल्लेख थियो । सो अनुसार प्रकृया रद्द भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री बर्षामान पुन र एमालेबीच अध्यक्ष नियुक्तिको विषयमा विवाद रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै