• २०८१ असार १४ शुक्रबार

अमेरिकामाथि वेस्ट इन्डिज ९ विकेटले विजयी

kharibot

काठमाडौँ । वेस्ट इन्डिजले अमेरिकामाथि ९ विकेटको जित हासिल गरेको छ । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले पराजित गरेको हो । 

अमेरिकाले दिएको १२९ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले १०.५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । वेस्ट इन्डिजको जितमा शाइ होपले अविजित ८२ रन बनाएका थिए भने निकोलस पुरनले अविजित २७ रन बनाएका थिए ।

यस अघि अमेरिकाले पहिला ब्याटिंग गर्दै १९.५ ओभरमा अल आउट हुदै १२८ रन बनाएको थियो । यो जितपछि वेस्ट इन्डिजले २ खेलमा २ अंक हासिल गर्दै समुह २ मा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै अमेरिकाले भने सुपर आठमा लगातार दोस्रो हार बेहोर्दै सेमिफाइनलमा पुग्ने सम्भावना लगभग सकिएको छ ।

अब सुपर आठको अन्तिम खेलमा वेस्ट इन्डिजले सोमबार बिहान दक्षिण अफ्रिकाको सामना गर्ने छ भने अमेरिकाले आइतबार राती इङल्याण्डको सामना गर्ने छ ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै