• २०८१ असार १५ शनिबार

आईएल टी- २० फ्रेन्चाइजी गल्फ जायन्टद्वारा दिपेन्द्र सिंह ऐरीसहित १३ खेलाडी रिटेन

kharibot

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई युएईको आईएल टी २० लिग फ्रेन्चाइजी गल्फ जायन्टलले रिटेन गरेको छ ।

गल्फ जायन्टले आउदो सिजनका लागि रिटेन गरेका १३ खेलाडीमा दीपेन्द्र पनि परेका हुन् ।

गल्फ जायन्टले ऐरीसहित जेम्स भिन्स, शिमरोन हेटमायर, क्रिस जोर्डन, आयान खान, जुहाइब जुबैर, ब्लेसिंग मुजरबानी, गेर्हार्ड इरास्मस, जेमी स्मिथ, रिचर्ड ग्लेसन, रेहान अहमद, जोर्डन कक्स र जेमी ओभरटनलाई रिटेन गरेको जानकारी दिएको छ ।

ऐरीले यसअघिको सिजनमा पनि गल्फ जायन्टमा सामेल भएपनि कुनै खेल भने खेल्न पाएका थिएनन् । आइएल टी-२० को आउदो सिजन ११ जनवरी २०२५ देखि शुरु हुदै छ ।

यस अघि २०२३ र २०२४ गरी दुई सिजन सम्पन्न भएको यो टी-२० लिगमा २०२३ को पहिलो सिजनमा गल्फ जायन्ट च्याम्पियन बनेको थियो भने २०२४ मा एमआई इमिरेट्स च्याम्पियन बनेको थियो । यस लिगमा आइपिएल फ्रेन्चाइजीका मालिकले टिम बनाएका छन् । गल्फ जायन्ट आइपिएल टिम गुजरात जायन्टसका मालिक अदानी समुहको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै