• २०८१ असार १३ बिहीबार

धनुषामा काठसहित ट्याक्टर नियन्त्रण

kharibot

धनुषा । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१४ स्थित मुजेलियाबाट असार ५ गते करीव २ लाख ९५ हजार रुपैयाँ बराबरको काठसहित एउटा ट्याक्टर नियन्त्रणमा लिईएको छ ।

ज १ त ८१५७ नम्बरको ट्याक्टरमा लोड गरी धनुषाको ढल्केवरबाट जनकपुरतर्फ लैजाँदै गरेको करीब २ सय ८१ क्यूफिट काठ नं. ८ गण धनुषाले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको काठ तथा ट्याक्टर आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय जनकपुर धनुषामा बुझाईएको छ । ट्याक्टरको भन्सार दाखिला मुल्य ९ लाख रुपैयाँ कायम भएको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै