• २०८१ असार १३ बिहीबार

अवैध लागूऔषधसहित चार जना पक्राउ

kharibot

काठमाडौँ । सिराहाको मिर्चैया नगरपालिका-२ मलहिनिया पिडारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही ठाउँ बस्ने ३१ वर्षीय नरेश कुमार साफी समेत २ जनालाई  मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  

त्यस्तै कास्कीको पोखरा महानगरपालिका-६ लेकसाईड चकटे रेष्टुरेण्टबाट अवैध लागूऔषध गाँजा करिब १ किलोसहित सोही महानगरपालिका-१७ बिरौटा बस्ने २० वर्षीय सजोक क्षेत्री समेत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै