• २०८१ असार १२ बुधबार

क्रिकेट खेलाडीसहित अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई नगद पुरस्कार प्रदान

kharibot

काठमाडौँ ।  अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमबिच अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।

पुरस्कार पाउनेमा १९औँ एसियाली खेलकुदमा रजत विजेता एरिका गुरुङ, १९औँ एसियाली खेलकुदमा काँस्य विजेता राष्ट्रिय महिला कबड्डी टिम, चौथो एसियाली पारा खेलकुदमा काँस्य विजेता पलेशा गोवर्धन र आइसीसी पुरुष टी-२० विश्वकप फाइनल एसियामा रजत विजेता राष्ट्रिय क्रिकेट टिमलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
सरकारको तर्फबाट खेलाडीहरूलाई २ करोड ९७ लाख १० हजार रकम बराबरको सम्मान र पुरस्कार प्रदान गरिएको हो ।

जसमा १९औँ एसियाली खेलकुदमा काँस्य विजेता राष्ट्रिय महिला कबड्डी टिमक सदस्यलाई जनही ३ लाख ९० हजार प्रदान गरिएको छ भने चौथो एसियाली पारा खेलकुदमा काँस्य विजेता पलेशा गोवर्धनलाई १३ लाख प्रदान गरिएको छ ।

त्यस्तै १९औँ एसियाली खेलकुदमा रजत विजेता एरिका गुरुङलाई १९ लाख ५० हजार प्रदान गरिएको छ भने आइसीसी पुरुष टी-२० विश्वकप फाइनल एसियामा रजत विजेता राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही १३ लाख नगद रकम प्रदान गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै