• २०८१ असार १२ बुधबार

बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन- पशुपति समशेर जबरा

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपति समशेर जबराले बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न नसक्ने टिप्पणी गरेका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न नसक्ने बताएका हुन् ।

उनले भने- ‘जिडिपीको वृद्धिदर सुस्त छ । मुद्रास्फिती उच्च छ । बेरोजगारी बढ्दो छ । महत्त्वपूर्ण राजश्व चुनौतीहरू छन् । यसले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन । सरकारले अहिलेको आर्थिक मन्दीलाई सम्बोधन गरेको देखिएन। आर्थिक मन्दीबाट देश कसरी बाहिर निकाल्ने केही पनि योजना छैन ।’

उनले बजेट कल्पना र लहडमा ल्याइएको आरोप लगाउँदै ६ खर्ब घाटाको बजेट ल्याइएकोमा आपत्ति जनाए । उनले यस्तो ठूलो घाटा बजेटले देशमा भयावह मुद्रास्फीतिको अवस्था कायम भई देशमा आर्थिक अराजकता मात्रै नभई चरम सामाजिक विकसंगति पनि बढ्ने जिकिर गरे ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै