• २०८१ असार ११ मंगलबार

हिमालयन बैंकको त्रिपुरेश्वर शाखा स्थानान्तरण, थापाथलीबाट शाखा संचालन

kharibot

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी काठमाडौँ महानगरपालिका वडा नं ११, थापाथलीबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।

थापाथली शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले बैंकका अन्य कर्मचारीहरुको उपस्थितिमा गरेका हुन् ।

यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका वडा नं १ मेन रोड नारायणगढबाट आजदेखि मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६, ५०० भन्दा बढी पिओएस टर्मिनल्स र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुवाट आफ्ना ग्राहकहरु लाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै