• २०८१ असार १४ शुक्रबार

पदको मर्यादा कायम राखेर अभिव्यक्ति दिन उपमेयर डंगोलको आग्रह

kharibot

काठमाडौँ । काठमाडौँ महानगरकी उपमेयरले पदमा बसपछि पदको मर्यादा कायम राखेर अभिव्यक्ति दिन मेयर बालेन शाहलाई आग्रह गरेकी छन् ।

काठमाडौँ महानगरको नगर सभाको बैठकमा बोल्दै उपमेयर डंगोलले सिंहदरबार जलाउने, भत्काउने अभिव्यक्तिले हामि सबैलाई बिनाशको बाटोमा लैजाने भन्दै सबैको अस्तित्वलाई स्वीकार गर्नुपर्ने बताएकी हुन् ।

सबैले छलफल र संवादबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिदै जनप्रतिनिधिहरु सार्बजनिक रुपमा विवादमा उत्रिन नहुने बताइन । उनले मेयर र आफु लगायतका युवा नेताहरु राजनीतिमा आएको र आफूहरुका काम विश्वले हेरिरहेको भन्दै आफ्नो अभिव्यक्तिले कस्तो असर गर्छ भन्ने ख्याल गर्नुपर्ने बताएकी छन् ।

उनले न्यूरोड, कलंकी जस्ता स्थानको विवाद संवादबाट समाधान गर्नुपर्ने बताएकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै