• २०८१ असार १२ बुधबार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

kharibot

भोजपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हतुवागढी गाउँपालिका-९ बस्ने २५ वर्षीय रिठ्ठे भन्ने विशाल मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

मगरले ती बालिकाको घर नजिकै रहेको गोठमा गत वैशाख ७ गते बेलुकी जबरजस्ती करणी गरेको र गर्भ समेत रहेको भन्ने  उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

विशाल उपर ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै