• २०८१ असार १२ बुधबार

टी-२० विश्वकपमा आज तीन खेल हुदै

kharibot

काठमाडौँ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुदै छन् । आज पहिलो खेल समुह डी अन्तर्गत नेपाल र श्रीलंकाबीच हुदै छ । अमेरिकाको  सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम, लाउन्डरहिलमा हुने यो खेल बिहान ५: १५ बजेदेखि शुरु हुदै छ ।

नेपालले यस विश्वकपमा पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो । नेपाल नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको थियो ।

त्यस्तै श्रीलंकाले भने यस विश्वकपमा लगातार दुई खेलमा हार बेहोरेको छ । श्रीलंकाले पहिलो खेलमा दक्षिण अफ्रिकासँग र दोस्रो खेलमा बंगलादेशसँग हार बेहोरेको थियो ।

समुह डी मा नेपाल र श्रीलंकाका लागि सुपर ८ मा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यस समुहमा दक्षिण अफ्रिकाले लगातार तीन खेलमा जित हासिल गरेर ६ अंक हासिल गरेको छ र सुपर ८ मा पुग्ने लगभग निश्चित भएको छ त्यस्तै बंगलादेशले २ खेलमा एक जित र एक हारसहित २ अंक हासिल गरेको छ ।

त्यस्तै आज दोस्रो खेल समुह बी अन्तर्गतको अस्ट्रेलिया र नामिबियाबीच हुदै छ । एन्टीगास्थित सर भिभियन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुदै छ । जारी विश्वकपमा अस्ट्रेलियाले लगातार दुवै खेल जितेको छ भने नामिबियाले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

त्यस्तै आज तेस्रो खेल समुह ए अन्तर्गतको अमेरिका र भारतबीच हुदै छ । न्यूयोर्क स्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८; १५ बजेदेखि शुरु हुदै छ । जारी विश्वकपमा अमेरिका र भारत दुवैले आफ्ना दुवै खेलमा जित हासिल गरेर ४-४ अंक हासिल गरेका छन् । भारत रनरेटका आधारमा समुह ए मा शिर्ष स्थानमा छ भने अमेरिका दोस्रो स्थानमा रहेको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै