• २०८१ असार ४ मंगलबार

कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ

kharibot

धरान । सुनसरीको धरान उपमहानगरपालिका-१९ भिक्टोरिया चोक बस्ने १८ वर्षीय ताङ्छुहाङ लिम्बुको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-१९ बस्ने २० वर्षीय सुजन भन्ने गोपाल लामगादे समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

सोही उपमहानगरपालिका-१९ भिक्टोरिया चोकमा गोपाल लामगादे समेत ३ जनाले आइतबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका ताङ्छुहाङको घोपा अस्पताल हुँदै न्यूरो अस्पताल बिराटनगरमा बुधबार थप उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै