• २०८१ असार १२ बुधबार

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा प्रहरी निरिक्षक पक्राउ

kharibot

काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत प्रहरी निरिक्षक पक्राउ परेका छन् ।

नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक बिदुर शिवाकोटी यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका हुन् ।

आफ्नै घरमा काम गर्दै आएकी एकजना १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार (बलात्कार प्रयास) गरेको आरोपमा शिवाकोटीलाई प्रक्राउ गरिएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।

पक्राउ परेक शिवाकोटलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको बाइएको छ ।

काठमाडौं महानगरपालिकाले विद्यालयहरूमा सचेतनामुलक अभियान चलाइरहेको क्रममा ती बालिकाले आफूमाथि यौन दुर्व्यवहार र कुटपिट हुने गरेको सूचना दिएपछि शिवाकोटीलाई पक्राउ गर्न महानगरपालिका, बाल अधिकारकर्मी, स्वयम्भु प्रहरी लगायतको टोली परिचालित भएको थियो । ती बालिकालाई भने उद्धार गरी सुरक्षा गृहमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै