• २०८१ असार १० सोमबार

अर्थमन्त्री पुनको ओलीलाई जवाफ- बजेट माओवादी तिर होइन, जनता तिर ढल्केको छ

kharibot

काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणीलाई जवाफी दिदै बजेट जनतातिर ढल्केको बताएका छन् ।

संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै अर्थमन्त्री पुनले बजेट माओवादी तिर ढलेको नभएर जनतातिर ढलेको बताएका हुन् ।

यस अघि एमाले अध्यक्ष ओलीले बजेट बनाउदा सत्तारुढ दलहरुसँग छलफल नगरेको बताउदै माओवादीतर्फ ढल्केको टिप्पणी गरेका थिए ।

अर्थमन्त्रीले भने, ‘सरकारले ल्याएको बजेट कतै पनि ढल्किएको छैन । नेकपा माओवादी केन्द्र, निजी क्षेत्र र सरकारतिर बढी ढल्केको भन्ने टिप्पणी छन् । यथार्थ होइन । मैले ल्याएको आगामी आर्थिक वर्षको बजेट जनतातिर ढल्केको छ । मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र समग्र जनताको खास गरी युवाहरूमा आत्मविश्वास र हौसला पैदा गर्ने खालको छ । सबैको सहयोग आवश्यक छ ।'
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै