• २०८१ असार ७ शुक्रबार

‘पूर्ण बहादुरको सारङ्गी’ मा विजय र बुद्धि आवद्ध

kharibot

काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरूको लाइनअप बलियो बनेको छ ।

यो फिल्ममा कलाकार विजय बराल अनुबन्धित भएका छन् । निर्माण पक्षले विजयसँगै बुद्धि तामाङलाई पनि अनुबन्धित गराएको छ । यस अघि फिल्मकालागि मुख्य भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल अनुबन्धित गराएको थियो ।

यस्तै, अभिनयका कारण चिनिँदै आएका कलाकार विनोद न्यौपाने, कलाकार भोला राज सापकोटा र देशभक्त खनाललाई पनि निर्माण टिमले अनुबन्धित गराएको थियो । फिल्मको मुख्य नायिकामा अञ्जना बराइली अनुबन्ध भएकी छन् ।

फिल्ममा उनीहरुको भूमिकाको बारेमा अहिले केही पनि खुलाइएको छैन । अहिलेसम्म अनुबन्धित भएका सबैकलाकारहरूलाई शीर्ष भूमिका देख्न सकिने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।

यस्तै यो फिल्मको बालकलाकारमा जान्भि पौडेल र स्वायम केसीको अभिनय रहने भएको छ । यस फिल्मलाई सरोज पौडेलको निर्देशन गर्दै छन् । फिल्ममा उनकै लेखक रहेको छ । निर्देशक पौडेलका अनुसार यो फिल्म गन्धर्व परिवारको कथामा आधारित ‘सोसल ड्रामा’ हुने छ । यही साता भित्र छायांकनमा जाने तयारी रहेको यस फिल्मलाई अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो ।

फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ ।

यो फिल्मको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ । निर्माण टिमले फिल्मलाई विं.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै