• २०८१ असार १२ बुधबार

एम्बाप्पेको रियल म्याड्रिडसँग सम्झौता

kharibot

काठमाडौँ । फ्रेन्च फुटबलर किलीयन एम्बाप्पे अन्तत: रियल म्याड्रिड जाने निश्चित भएको छ । एम्बाप्पेले रियल म्याड्रिडसँग फ्री-ट्रान्सफरको सम्झौता गरेका हुन् ।

२५ बर्षिय एम्बाप्पेको पिएसजीमा जुन ३० मा सम्झौता सकिदै छ । त्यसपछि उनी रियल म्याड्रिड जाने सम्झौता गरेको फुटबल पत्रकार फाब्रिजियो रोमानोले जानकारी दिएका छन् । रियल म्याड्रिडले एम्बाप्पेलाई भित्र्याएको घोषणा केहि दिनमा गर्ने उनले जानकारी दिएका छन् ।

रियल म्याड्रिडले यस सिजनको च्याम्पियन्स लिग जितेसँगै एम्बाप्पेसँग सम्झौता गरेको उनले बताएका छन् ।

मिडिया रिपोर्टका अनुसार रियल म्याड्रिडले एम्बाप्पेलाई फ्रि-ट्रान्सफरमा साइन गरेपनि उनलाई करिब ११० मिलियन डलर साइनिङ रकम दिने बताइएको छ । रियल म्याड्रिडले एम्बाप्पेलाई पछिल्लो सात बर्षदेखी भित्र्याउने प्रयासमा रहेको थियो । उनले यस अघि नै पिएसजीका फ्यानहरुलाई एक पोष्ट लेख्दै आफुले क्लब छोड्ने जानकारी दिएका थिए ।

२०१७ मा फ्रेन्च क्लब मोनाकोबाट लोंमा पिएसजी आएका एम्बाप्पे २०१८ देखि पिएसजीको खेलाडी बनेका थिए ।

अहिलेसम्म पिएसजीका लागि उनले ३०८ खेलमा २५६ गोल गरेका छन् । पिएसजीमा रहदा उनले ६ सिजन फ्रेन्च लिग जितेका छन् भने चार सिजन फ्रेन्च कोपा डे जितेका छन् । त्यस्तै २०१९-२० सिजनमा पीएसजी च्याम्पियन्स लिगको उपविजेता बनेको थियो ।
             
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै