• २०८१ असार १२ बुधबार

राहुल गान्धी भन्छन्- एक्जिट पोल 'मोदी मिडिया पोल' हो, सरकार हाम्रै बन्छ

kharibot

काठमाडौँ । भारतमा शनिबार लोकसभाको मतदान सकिएपछि आएका एक्जिट पोलमा भारतीय जनता पार्टीले पुन: भारि बहुमत ल्याउने अनुमान गरेपछि कांग्रेस नेता राहुल गान्धीले ‘मोदी मिडिया पोल’ भएको टिप्पणी गरेका छन् ।

अधिकांश च्यानलहरूको एक्जिट पोलले बीजेपी नेतृत्वको एनडीएले ५४३ मध्ये ३५० भन्दा बढी सीट जित्ने भविष्यवाणी गरेका छन् ।

कांग्रेस नेता राहुल गान्धीले एक्जिट पोल बारे टिप्पणी गर्दै भने- 'यसको नाम एक्जिट पोल होइन, यो मोदी मिडिया पोल हो, यो मोदी जीको पोल हो, यो उनको कल्पनाको पोल हो ।'

कांग्रेससहितको इन्डिया गठबन्धनले २९५ सिट जित्ने र केन्द्रमा सरकार बनाउने दाबि गरेका छन् ।

शनिबार राति सार्बजनिक एक्जिट पोललाई अधिकांश विपक्षी नेताहरूले अस्वीकार गर्दै जुन ४ मा आउने नतिजामा भारत गठबन्धन सरकार बनाउने दाबी गरेका छन् ।

भारतमा ७ चरणको मतदानपछि जुन ४ मा नतिजा आउनेछ ।

सबै एक्जिट पोलले प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो पटक पूर्ण बहुमतका साथ सत्ता हात पार्ने सङ्केत गरिरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै