• २०८१ असार १३ बिहीबार

टर्कीको युरोकपमा विजयी शुरुवात

kharibot

काठमाडौँ । टर्कीले युरोकपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा टर्कीले जर्जियालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

टर्कीको जितमा मेर्ट मूलडुर, अर्दा गुलेर र मोहमद केरेमले एक एक गोल गरेका थिए । त्यस्तै जर्जियाका लागि जर्ज मिकाउटाडजेले एक गोल गरेका थिए ।

यो जितपछि टर्कीले समुह एफमा महत्वपूर्ण जित हासिल गरेको छ । अब जर्जियाले जुन २२ मा चेक रिपब्लिकसँग खेल्दै छ भने सोहि दिन टर्कीले पोर्चुगलको सामना गर्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै