• २०८१ असार ६ बिहीबार

अल हिलालले जित्यो किङ कपको उपाधि

kharibot

काठमाडौं । अल हिलालले किङ कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै किङ कपको उपाधि जितेको हो । 

यस अघि निर्धारित ९० मिनेटको खेल निकै रोमाञ्चक बनेको थियो ।  १-० गोलले पछि परेको अल नासरले खेलको ८८औ मिनेटमा बराबरी गोल गरेपछि खेल अतिरिक्त समयमा खेलाइएको थियो ।  अल हिलालका लागि खेलको सातौँ मिनेटमा अलेक्जान्डर मिट्रोभिकले गोल गरेका थिए भने अल नासरका लागि आयम्यान याहाले बराबरी गोल गरेका थिए । 

यस खेलमा तीन खेलाडीले रातो कार्ड पाएका थिए ।  खेलको ५६औं मिनेटमा अल नासरका डेभिड ओस्पिनाले रातो कार्ड पाएका थिए भने खेलको ८७औ र ९०औं मिनेटमा अल हिलालका अलि अल्बूलायहि र कालीडोउ कोउलिबालीले रातो कार्ड पाएका थिए । 

३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको तिह्यो । 

पेनाल्टी सुटआउटमा अल हिलाल ५-४ ले विजयी भयो र उपाधि जितेको थियो ।  यो अल हिलालको लगातार दोस्रो र समग्रमा ११औ किङ कप को उपाधि हो ।   

अल नासरले भने अहिलेसम्म १५ पटक फाइनल खेलेपनि केवल ६ पटक यो उपाधि जितेको छ ।  पछिल्लो पटक अल नासरले १९९० मा यो उपाधि जितेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै