• २०८१ असार १२ बुधबार

ओलम्पियाकोसले जित्यो युरोपा कन्फेरेन्स लिगको उपाधि

kharibot

काठमाडौँ । ग्रिसको क्लब ओलम्पियाकोसले यस सिजनको युरोपा कन्फेरेन्स लिगको उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा ओलापियाकोसले इटालियन क्लब फ़िओरेन्टिनालाई १-० गोल अन्तरले पराजित गर्दै युरोपा कन्फेरेन्स लिगको उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटमा दुवै टिम गोल रहित बराबरीमा रहेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । ओलम्पियाकोसको जितमा खेलको ११६औ मिनेटमा आयुब अल काबीले निर्णायक गोल गरेका थिए ।

यो जितसँगै ओलम्पियाकोस कुनै पनि युरोपियन उपाधि जित्ने पहिलो क्लब बनेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै