• २०८१ असार ६ बिहीबार

बजेटले कर्णालीलाई के के दियो ?

kharibot

सुर्खेत । आज अर्थमन्त्री वर्षमान पुन ल्याइएको आब २०८१-८२ को नयाँ बजेटमा कर्णालीमा अधिकांश पुरानै योजनामा बजेट बिनियोजन गरिएको पाइएको छ । केही योजनाले गती लिएका छन् भने केही योजनालाई गति दिने प्रयास आज प्रस्तुत बजेट भाषणले गरेको छ । 

लामो समय देखि चर्चामा रहदै आएको र आलु आबमा बजेट बिनियोजन नभएको नलगाड जलविद्युत आयोजनामा आव ०८१-८२ मा निर्माण कार्य सुरु गर्ने भनिएको छ । आज सदनमा प्रस्तुत बजेट भाषणमा जनताको जलविद्युत कार्यक्रम अन्तरर्गत १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना निर्माण कार्य सुरु गर्ने उल्लेख गरिएको छ । यसको कुल लागत २३ अर्ब रहेको छ । 

यद्यपी आयोजनाको रिण सम्झौता समेत भइसकेको छ । त्यस्तै भेरी तथा कर्णाली करिडोरमा ४०० केभी प्रशारण लाइनलाई निर्माण कार्यमा सुरु गर्ने बजेट भाषणमा समेटिएको छ । भेरी करिडोरको सुर्खेतको मेहलकुना देखि जाजरकोटको दानी पिपल सम्म १५० किलोमिटर लम्बाइ रहेको छ । दानी पिपलमा ४०० केभी प्रशारण लाइनको सव स्टेशनको काम गर्न जग्गा अधिग्रहणको काम भइसकेको छ । त्यस्तै निजी क्षेत्रको सहकार्यमा प्रदेशलाई विशिष्टकृत आर्थिक केन्द्रका रुपमा विकास गर्नका लागि कर्णालीमा जडीबुटी हर्ब बनाइने बनाइने बजेट भाषणमा उल्लेख गरिएको छ । 

प्रदेश तथा स्थानीय तहको सहकार्यमा सल्यान र रुकुमको शारदा नदी आसपासको क्षेत्रलाई कृषि करिडोर , जुम्लाको हिमा ,तिला नदि आसपासको क्षेत्रलाई मार्सी धान करिडोर निर्माण गरिने बताएको छ । भूकम्पबाट प्रभावित जाजरकोट , रुकुम पश्चिम लगाएतका जिल्लाहरुमा क्षतीग्रस्त निजी घरको सर्वेक्षण गरि पुर्ण निर्माण गरिने बजेट भाषण मार्फत जानकारी गराएको छ  ।  त्यसका लागि रु २१ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ । सोही रकमबाट सामुदायिक विद्यालय , स्वास्थ्य संस्था , सरकारी तथा सार्वजानिक भवन लगायतमा निर्माण गरिने उल्लेख गरिएको छ । 

कर्णालीमा पूर्वाधार निर्माणका लागि बजेट बिनियोजन गरिएको छ । कर्णालीमा कृषि र वन पैदावरमा आधारित संमृद्ध कर्णाली उद्यमशिलता कार्यक्रम सञ्चालन हुने हुने बजेट भाषण मार्फत अर्थमन्त्री पुनले जानकारी दिएका छन् । भेरी बबइ डाइभर्सन बहुउदेश्यीय आयोजनाको हेड वक्स र विद्युत गृह निर्माण गर्नका लागि २ अर्ब बिनियोजन गरिएको छ ।

कर्णाली प्रदेशका १० जिल्लामा सञ्चालन हुने गरि एकिकृत कर्णाली सिँचाई विकास आयोजनाका लागि ८२ करोड छुट्याएको छ । 

साविकको कर्णालीका कक्षा १ देखि ५ सम्म सञ्चालन हुने दिवा खाजा कार्यक्रम स्थानीय उत्पादन मिलाउने व्यवस्था गरिनुका साथै रकम बृद्धि हुने भएको छ । कर्णालीमा खानेपानी सरसफाई तथा स्वाच्छता सुधार कार्यक्रम लागू हुने घोषणा गरिएको छ । सुर्खेतमा हुने १० औ राष्टिय खेलकुद प्रतियोगिता आयोजनाका लागि ६० करोड रकम बिनियोजन गरिएको छ ।

कर्णाली करिडोरमा ५ वटा पुल र ५० किलोमिटर सडकको स्तरोन्नती गरिने हुने भएको छ । भेरी करिडोरको स्तरोउननती हुने उल्लेख छ । हुम्लाको लिमी र डोल्पाको धोमा नयाँ नमुना बस्ती विकास गरि आर्थिक तथा केन्द्रको विकास गरिने बजेट भाषण मार्फत बताएको छ । सुर्खेत र जुम्लाको विवमानस्थलको स्तरोन्नतती हुने बताएको छ । उद्यापी यो पुरानै योजना रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै