• २०८१ असार १६ आइतबार

भौतिक पूर्वाधारलाई १ खर्ब ५० अर्ब ५३ करोड बजेट

kharibot

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् ।

मंगलबार अर्थमन्त्री पुनले आगामी आवको बजेट सार्बजनिक गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन् ।

उनले पूर्व–पश्चिम राजमार्ग बिस्तारका लागि २९ अर्ब ८८ करोड विनियोजन रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । काठमाडौं–तराईरमधेस द्रुतमार्ग आयोजनाका लागि २२ अर्ब ५४ करोड विनियोजन गरेको बताएका छन्  । त्यस्तै मध्यपहाडी पुष्पलाल लोकमार्गको लागि ३ अर्ब ६८ करोड र हुलाकी राजमार्गमा ३ अर्ब ३० करोड रुपैयाँ विनियोजन भएको जानकारी दिए ।

त्यस्तै भौतिकलाई भन्दा धेरै बजेट विनियोजन भएको गृह मन्त्रालयलाई सरकारले १ खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले गृह मन्त्रालयका लागि १ खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै