• २०८१ असार ९ आइतबार

शिक्षामन्त्रीले खारेज गरेको राष्ट्रपति शैक्षिक सूधार कार्यक्रमका लागि ८७ करोड बजेट

kharibot

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागि ८७ करोड बजेट विनियोजन गरेका छन् ।

मंगलबार अर्थमन्त्री पुनले आगामी आवको बजेट सार्बजनिक गर्दै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ८७ करोड बजेट छुट्याएको घोषणा गरेका हुन् ।

राष्ट्रपति शैक्षिक सूधार कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले हालै खारेज गरेकी थिईन् ।

आगामी आर्थिक वर्षदेखि उक्त कार्यक्रमका लागि विनियोजन गरिने बजेट सिधै स्थानीय तहमा पठाउने गरी चालु आर्थिक वर्षको कार्यक्रम स्थगित गरिएको शिक्षा मन्त्रालयले जनाएको थियो । मन्त्री श्रेष्ठले खारेज गरेको घोषणा गरेको कार्यक्रम अर्थमन्त्री पुनले ब्यूँताएका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय