• २०८१ असार १३ बिहीबार

सरकारले सकेन लाइसेन्स छाप्न, बर्षमा २ लाख ६० हजार कार्ड अपुग

kharibot

काठमाडौं । सरकार सवारीचालक अनुमतिपत्र छपाइ समयमा गर्न असफल भएको छ । 

सन् २०२२ जुलाईदेखि नयाँ तथा नवीकरण गरेका सवारीचालक अनुमतिपत्र छपाइ नहुँदा सरकारको लाइसन्स छपाई योजना असफल भएको हो । 

महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदनले पनि यस विषयमा यातायात व्यवस्था विभागले हाल विदेश जाने व्यक्तिसहित अत्यावश्यकलाई मात्र कार्ड वितरण गरिरहेकोले नयाँ तथा नवीकरण गरेका सवारीचालकहरूको अनुमतिपत्र छपाइ नभएको उल्लेख गरेको छ । 

विभागले एक विदेशी कम्पनीसँग २०८० भदौ १८ भित्र १२ लाख स्मार्ट कार्ड आपूर्ति गर्ने गरी २०७९ फागुन १० गते अमेरिकी डलर १४ लाख ९८ हजारको सम्झौता गरेको थियो। सम्झौता अवधिभित्र कार्ड आपूर्ति हुन नसकी दुई पटक गरी १७२ दिन म्याद थप भइसकेको छ ।

चालक अनुमतिपत्र मागका आधारमा यो वर्षसम्म १४ लाख ६० हजार कार्ड छपाइ हुनुपर्नेमा सम्झौताअनुसार १२ लाख कार्ड मात्र आपूर्ति हुने भएकोले २ लाख ६० हजार कार्ड अपुग हुने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै